२०७८,श्रावण,११,सोमवार

७ तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिको विवादस्पद् विदेश यात्रा

२०७४,कार्तिक,२७,सोमवार १६:३७


काठमाडौँ, २७ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गरेकी छन् राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा आज अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा तथा विशिष्ट अधिकारीहरुले बिदाइ गरे नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कने छिन् तर, उनको भ्रमण विवादमा समेत तानिएको छ । प्रतिकूल समयमा उनी त्यसतर्फ जान गएको भन्दै आलोचना भएको हो । यही बुझेर प्रधनमन्त्री शेरबहादुर देउवाले भ्रमण स्थगन गर्न आग्रह गरेपनि उनले नमानेको समाचारहरु सार्वजनिक समेत भएको थियो

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार १६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं- नेपालको मुटु काठमाडौँ, अनि काठमाडौँको मुटु असन। सबैभन्दा पुरानो यो बजारका साहुजीहरू फेरिए, ग्राहकहरू फेरिए । व्यापारका कतिपय सामान

आय आर्जनको नयाँ-नयाँ बाटोहरु खोज्दै जाँदा स्वरोजगार बन्ने आशा र विदेशको तातो घाममा बगाउने पसिनालाई आफ्नै देश सिञ्चित गर्ने सपना

कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले साउन ३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत माग्दै भने, ‘हामी वीपी कोइरालाका

कोरोना कहरका कारण सबैको आफ्नै बाध्यता, बाँच्न अनि बचाउन । आफ्नो र परिवारको पेट पाल्नको लागि हजारौँ श्रमिक ज्यानको बाजी

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२