यस्तो छ प्रधानमन्त्री देउवाको पश्चिम नेपालको चुनावी कार्यक्रम

काठमाडौँ, २७ कात्तिक – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कात्तिक २८ गतेदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार यही कात्तिक २८ गते प्रधानमन्त्री नेपालगन्ज प्रस्थान गर्नुहुनेछ सोही दिन उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुनेछ । प्रधानमन्त्री देउवा कात्तिक २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सोहि दिन उहाँले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग कात्तिक २९ गते नै क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा पनि छलफल गर्नुहुने छ । कात्तिक ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा पुग्नुहुनेछ नेता खाँणका अनुसार प्रधानमन्त्री देउवाले आगामी मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ भने मंसिर २ गते बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्नुहुने र ती जिल्लाका शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिनुहुने कार्यक्रम छ प्रधानमन्त्री देउवाले त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेपनि त्यसको मिति भने तय हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?