एएफसी एसियन कप छनोट फुटबलमा भिड्ने खेलाडी को को ?

काठमाडौँ, २७ कात्तिक – एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हासिल गर्ने लक्ष्य लिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए उनले प्रशिक्षणको क्रममा केही खेलाडी चोटग्रस्त भएकाले उनीहरुको अनुपस्थितिमा खेल रणनीति केही परिवर्तन गर्ने उल्लेख गर्दै अघिल्लो खेलमा भएको कमजोरीलाई सुधार्ने बताए त्यसैगरी नेपाली टोलीका कप्तान अनिल गुरुङले आफनो टोलीले फिलिपिन्सलाई पराजित गर्ने आशा लिएको बताए । यता फिलिपिन्सका प्रशिक्षक थोमस टूलीले भोलिको खेल आफ्नो टोलीका लागि महत्वपूर्ण रहेको बताए यसअघि गत चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलअन्तरले पराजित भएको थियो । त्यसपछिका तीन खेलमा पनि पराजित भएको नेपाल छनोट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालले दोस्रो खेलमा यमनसँग बराबरी खेलेता पनि त्यसपछिका दुई खेल ताजीकिस्तानसँग पराजित भएको थियो यसअघि चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ भने एक अंक जोडेको नेपाल अन्तिम स्थानमा छ नेपाली टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ र विकेश कुथु छन् । त्यसैगरी डिफेन्डरमा रोहित चन्द, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी, अनन्त तामाङ, विराज महर्जन र कमल श्रेष्ठ छन् मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, हेमन्त थापा मगर, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ र सुनिल बाल छन् भने फरवार्डमा विमल घर्ती मगर अनिल गुरुङ, भरत खवास, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?