यसकारण गोलाप्रथाद्वारा मतदान अधिकृत छनोट गरिने

 चौतारा, २७ कात्तिक – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाद्वारा खटाइने भएको छ विगतका निर्वाचनमा आफ्ना नजिकका कर्मचारीलाई मतदान अधिकृतमा खटाइँदा विवाद भएकाले कर्मचारी खटाउँदा निष्पक्षता कायम होस् भन्ने उद्देश्यले गोलाप्रथाद्वारा छनोट गरिन लागिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जानकारी दिए जिल्लाको १४४ मतदानस्थलमा दुई सय ८५ केन्द्र कायम गरिएको छ । त्यसमध्ये ३१ केन्द्र संवेदनशील मानिएको छ । एक केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइने हुँदा कुल दुई हजार २८० जना कर्मचारी खटिने उनले बताए त्यसैगरी मतदान केन्द्रमा आवश्यकताअनुसारको म्यादी र नेपाल प्रहरी खटाइने छ । प्रहरी निरीक्षकको कमान्डमा तीन वटा घुम्ती टोलीसमेत व्यवस्था गरिएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए जिल्ला सुरक्षा समितिकाअनुसार पहिलो घेरामा म्यादी, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान केन्द्रका कर्मचारी रहनेछन् । त्यसैगरी दोस्रो र तेस्रो सरक्षा घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेना खटाइनेछ दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. एकमा एक महिलासहित विभिन्न पार्टीका १३ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसञ्चारमन्त्री अग्नि सापकोटाबीच कडा प्रतिष्पर्धा हुने भएको छ त्यस्तै क्षेत्र नं १ को (क) मा पनि एक महिलासहित ११ उम्मेदवार चुनावी मैदानमा छन् भने (ख) मा आठ उम्मेदवार मैदानमा छन् यसैगरी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबरा र वाम गठबन्धनका शेरबहादुर तामाङबीच कडा प्रतिष्पर्धा हुने भएको छ । विसं २०२९ सालदेखि पञ्चायतकालमा लगातार चार पटक राष्ट्रिय पञ्चायत सदस्यमा विजयी भएका राणा २०४८, २०५१ र २०५६ सालमा लगातार तीन पटकसम्म सांसदमा जितेका थिए । २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा उनी पराजित भएका थिए । उनीसँगै यस क्षेत्रबाट नौ जना उम्मेदवार चुनावी मैदानमा छन् क्षेत्र नं २ को (क) र (ख) मा १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् निर्वाचन क्षेत्र १ मा एक लाख १४ हजार ३४७ र क्षेत्र नं २ मा एक लाख १२ हजार १९३ गरी कुल दुई लाख २६ हजार ५४० मतदाता रहेको जिल्ला निवाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?