चुनावी चटारोभन्दा पनि गाँउको सरसफाइमा जुटे युवा

कपिलवस्तु, २७ कात्तिक – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका अभियानमा जुट्नुपर्ने बेलामा यहाँका युवाहरु गाँउको सरसफाइमा होमिएका छन् जिल्लाको वाणगंगा नगरपालिका–९ पडरियास्थित दीपज्योति युवा क्लवका सदस्यले चुनावी चटारोभन्दा पनि गाँउ सरसफाइ अभियानमा जुटेका छन् शनिबार उनीहरू आफ्नै गाँउमा रहेको ऐतिहासिक रामजानकी मन्दिर कुटी परिसरमा सरसफाइमा व्यस्त देखिन्थे । करिब ४५ जनाभन्दा बढी युवायुवती सप्ताहव्यापी गाँउ सरसफाइ अभियानमा होमिएका हुन् हातमा कोदालो, हँसिया, बन्चरो, कुचो, खरेटो, खन्तीलगायतका सामाग्री बोकेर उनीहरु सरसफाइमा लागेका छन् जुनसुकै पार्टिको पछि लागे पनि गाउँको विकासमा खासै महत्व नदिएको भन्दै ‘युवाको एकता आजको आवश्यता’ भन्ने नारासहित शनिबारदेखि यहाँका युवा सप्ताहव्यापी सरसफाइ अभियानमा लागेको क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?