घुस लिँदालिँदै सशस्त्र प्रहरीका जवान पक्राउ

काठमाडौं, २७ कात्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरको टोलीले नेपालगन्जको धम्बोझीचोक नजिकबाट एक सशस्त्र प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत प्रहरी जवान सम्भुप्रसाद आचार्यलाईलाई सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालयका प्रमुख इश्वर कार्कीका अनुसार प्रहरी जवानका साथबाट ७ हजार रुपैया घुस लिईराखेको अबस्थामा पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?