यस्तो घोषणापत्र सार्वजनिक गरे डा. लोहनीले

काठमाडौं, २७ कार्तिक । एकीकृत राप्रपा राष्ट्रवदीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सुन्दर र समृद्ध नेपाल बनाउने मौका दिन आम मतदातालाई आह्वान गर्दै सो पार्टी राष्ट्रवादीले सोमबार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा नेपाली जनताको सर्वोच्चतालाई स्विकार गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरिएको छ । अध्यक्ष लोहनीले सबै धर्मप्रति समान भाव राख्दै हिन्दु राष्ट्रिय पहिचान, राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्था, भ्रष्टाचारमुक्त नेपाली समाज निर्माणका लागि राष्ट्रियता, समावेशी प्रजातान्त्रिक राष्ट्रवाद, बहुलवादी राजनीति, प्रगतिशील उद्धारवादलाई वैचारिक स्तम्भको रुपमा आत्मासात गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे घोषणा पत्रमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने शासन व्यवस्थाको वकालत गरिएको छ । त्यसैगरी दिगो आर्थिक विकासमा पनि जोड दिइएको अध्यक्ष लोहनीले स्पष्ट परे सवल र समृद्ध नेपाल निर्माणका लागि जनतामा निहित सार्वभौमसत्ता, प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्र, मानव अधिकार तथा कानुनी राज्यको सिद्धान्त अनुसार अघि बढने प्रतिवद्धता पनि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?