५ वर्षपछि भोट माग्न आउँदा महाकालीको पक्की पुलमा गाडी चढेर आउँछु : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम कंचनपुर क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले अबको ५ बर्षपछि भोट माग्न आउदा आफू महाकाली नदीमा हुने पक्की पुल चढेर मात्र आउने प्रतिबद्धता जाहेर गरेका छन। चुनावी प्रचार प्रसारको क्रममा महाकाली नगरपालिका वडा नम्बर-३ को बडुवाल टोलमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा नेता लेखकले सो कुरा बताएका हुन् पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका लेखकले अहिले आफू दोधरा चादनी आउँदा भारतमा रहेको बनबसा पुलबाट आएको र आफू मन्त्री हुँदा नेपाली भु-भागमा नै महाकाली नदीमा ४ लाइनको पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाईसकेकाले समयभित्र नै पुल निर्माण सम्पन्न हुने र अर्को चोटि आउँदा सोही पुलबाट दोधरा चादनी आउने प्रतिबद्धता दोहोर्‍याएका हुन। २०७० सालको निर्वाचनमा आफुले महाकाली नदी र जोगबुढा नदीको बाढी नियन्त्रण , विद्युतीकरण , जोगबुढा नदीमा झोलुंगे पुलको प्रतिबद्धता जाहेर गरेको स्मरण गराउदै सो प्रतिबद्धता पूरा गरेको समेत बताए । सम्बोधनकै क्रममा लेखकले नेपाली कांग्रेसले मात्र बिकास र समृद्धि गर्न सक्ने भन्दै दोधरा चादनी लगायत समग्र कंचनपुरको समृद्धिको लागि नेपाली कांग्रेसको पक्षमा अभिमत जाहेर गर्न आग्रह गरे कार्यक्रममा पुर्व सभासद बल्देब बोहरा, नेपाली कांग्रेस कंचनपुरका सभापती हरि प्रसाद बोहरा , क्षेत्र नम्बर ३(ख) का प्रदेश सभा सदस्य उम्मेदवार बेल बहादुर राना लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?