माओको नाम बेचेर माअाेवादीले के गरेकाे यस्ताे ?

काठमाडौं, २७ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव माओवादीमाथि खनिएका छन् । उनले चिनिया नेता माओको नाम बेचेर यहाँका माओवादीले भ्रष्टाचार र दलालीमा लिप्त भएको आरोप लगाएका छन् ।
आज सप्तरीमा चुनाव प्रचारको क्रममा तिलाठी कोइलाड़ी गाऊँ पालिका वड़ा न। ४, जिरिया बाजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् । दुई नम्बर प्रदेशलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनुको विकल्प नरहेको भन्दै उनले त्यसका लागि आफूहरुलाई भोट दिन आग्रह समेत गर्न भ्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?