फिलिपिन्सका राष्ट्रपतिले सुनाए यस्तो गीत ‘तिमी मेरो संसारको उज्यालो’ (भिडियो सहित)

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले एशियन सम्मेलनको ५० औं वार्षिकोत्सव मनाउन आयोजित गरिएको रात्रि भोजको कार्यक्रममा प्रेम गीत गाएका छन् वार्षिक सम्मेलन सुरु हुनु अघि राजधानी मनिलामा रात्रि भोजमा अमेरिकी राष्ट्रपति ट्रम्प र फिलिपिन्सका राष्ट्रपति डुटेर्टेसहित एशियाका १९ नेताहरु उपस्थित रहेको थियो । राष्ट्रपति डुटेर्टेले भोजका बीचमा फिलिपिन्सका पप गायिका पिलिटा कोरालेससँग ‘ईकअ’ (तिमी) बोलको गीत गाएका थिए उक्त फिलिपिन्स पप गीतको एउटा लाइनमा ‘तिमी मेरो संसारको उज्यालो, मेरो मुटुको टुक्रा’ भनिएको छ गीत गाइसकेपछि डुटेर्टेले भने, ‘महिला तथा सज्जनवृन्द, मैले आज अमेरिकाका कमान्डर र राष्ट्रपतिको आग्रहमा गीत गाएको छु ।’आफ्नो व्यवहारको कारण फिलिपिन्सका राष्ट्रपति डुटेर्टेलाई पूर्वको ट्रम्प पनि भन्ने गरिएको छ फिलिपिन्स अमेरिकाको पूर्व उपनिवेश हो र दोस्रो विश्व युद्धदेखि यी दुई देश सहयात्रीको रुपमा रहँदै आइरहेको छ https://youtu.be/lBoMsLSP55s 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?