पहिलो चरणको निर्वाचनमा गोर्खाबाट भट्टराई र सिन्धुपाल्चोकबाट राणा विजयी हुने कांग्रेसको दाबी

काठमाडौं, २७ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक एवं लोकतान्त्रिक गठबन्धका उम्मेदवारद्वय डा. बाबुराम भट्टराई र पशुपति शमशेर राणा आगामि मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी हुने कांग्रेसले दाबी गरेका छन् त्यस्तै, नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा डा. भट्टराईले गोर्खा क्षेत्र नं. १ बाट र राणाले सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवार दिएका बताए कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले यहि मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचन प्रचार–प्रसार अभियानका लागि पार्टीले आफ्नो सम्पूर्ण शक्तिहरु परिचालन गरेको बताएका छन् त्यसैगरी कांग्रेसले आफ्नो मतदाता बदर हुन नदिनको लागि देशभर मतदाता प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिरहेको संयोजक खाँडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?