चुनाव पछि पार्टी एकता : श्रेष्ठ

२७, कार्तिक / पालुङटार, मिर्कोट बाघडाडानेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले चुनाव पछि नेकपा एमाले सङ्ग पार्टी एकता हुने बताएका छन गोरखा जिल्ला क्षेत्र नम्बर -२ अन्तर्गतको पालुङटार -१० मिर्कोट बाघडाडाको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले चुनाव नजिक आएको कारण तत्काल पार्टी एकता हुन नसकेको प्रष्ट पारे पार्टी एकताको लागि सबै तयारी पूरा भइसकेको छ श्रेष्ठले भने : एमाले र माओवादी मात्रै होइन अब सबै कम्युनिष्टहरु पार्टी एक हुनेछन मंसिर -९ गते पार्टी एकता हुने चर्चा भइरहेको बेला श्रेष्ठले चुनाव लगत्तै पार्टी एकता हुने अभिव्यक्ति दिए पार्टी एकताको लागि केही प्राविधिक कुरा मात्रै बाकी रहेको बताउदै श्रेष्ठले सबै कुरा मिलिसकेको बताए बाम गठबन्धनको साझा उम्मेदवार श्रेष्ठले देशमा स्थायी सरकार, विकास र समृद्धिका लागि सम्पूर्ण कम्युनिष्टहरु एक भएको बताए कम्युनिष्टहरुको नेतृत्वमा हुने विकास नयाँ खालको विकास हुने श्रेष्ठको भनाइ थियोे । संविधानलाई कार्यान्वयन गर्दै विकसित र सम्बृद्द नेपाल बनाउने अभियानमा जुट्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे चुनावी सभामा गोरखा जिल्ला क्षेत्र नम्बर २ को १ का प्रदेश सभाका उम्मेदवार कमला नहर्की ले गोरखा जिल्लाको इतिहास कायम राख्न बाम गठबन्धनलाई बिजयी गराउन अपिल गरिन सभामा नेकपा माओवादी केन्द्रका नेता मैद बहादुर वाइबा, गोरखा जिल्ला इन्चार्ज चुडामणि खड्का, पुर्व स्थानीय बिकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे लगायतका ले मन्तव्य व्यक्त गरेका थिए चुनावी सभा अघि प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठ र प्रदेश सभा उम्मेदवार नहर्की ले जोगिडिही, कटेरी र मिर्कोटमा घरदैलो तथा भेटघाट गरेका थिए कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु रन्जित परियार र बेलिमाया गोर्खाली ले सास्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?