पहिलो त्रैमासमा नेपाल बैंकको नाफा लगभग १७ प्रतिशतले घट्यो

काठमाडौं, २७ कात्तिक । चालु आर्थिक वर्ष २०७४–०७५ को पहिलो त्रैमासमा नेपाल बैंकको नाफा लगभग १७ प्रतिशतले घटेको छ । नाफा रकमको आधारमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिलो स्थानमा रहेपनि नाफामा भने कुनै सुधार हुन सकेन बैंकको नाफा ९७ करोडमा सिमित रहेको छ । गत आव वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो बैंकले सञ्चालन गर्ने नाफा भने ५२ प्रतिशतले वृद्धि भएको छ । यो ७२ करोड रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी भने १८ प्रतिशतले वृद्धि भएको छ । यो रकम १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । त्यस्तैगरी, कमिसन, अन्य आम्दानी शीर्षकबाट रु ३४ करोड रुपैयाँ आर्जन गरेको छ भने यो रकम ८३ प्रतिशतले वृद्धि भएको हो बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा २२ करोड ९९ लाख रुपैयाँ राखेको छ भने २९ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात बढेर ३.४२ प्रतिशत रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?