संस्कारी बुहारीका ‘हट तस्बिर’ ले हंगामा (फोटो फिचर)

एजेन्सी । टेलिभिजनको दुनियामा नायिकाहरु आफ्नो फरक पहिचान लिएर आइरहेका छन् टिभीमा संस्कारी बुहारीको अभिनय गर्ने अभिनेत्री इन्टरनेटमा संस्कारको चोला उतारेर ‘बोल्डनेस’ को धारण गर्न रुचाएको देखिएको छ हो, कलर्स च्यानलको टेलिभिजन शो ‘शक्ति–अस्तित्व की’ मा अभिनय गरिरहेकी नायिका रुबीना दिलैक आफ्नो तस्बिरबाट यही कुराको प्रमाण प्रस्तुत गरिरहेकी छन् । रुबिना वास्तविक जीवनमा पर्दामा देखिने आफ्नो भूमिका भन्दा बिलकुल फरक छिन् उनी पछिल्ला दिनमा आफ्नो इन्स्टाग्राममा बोल्ड तस्बिर शेयर गरिरहेकी छन् । हाल थाइल्याण्डमा विदा मनाइरहेकी रुबीना एक पटक फेरि आफ्ना समर्थकहरुबीच केही ‘हट’ तस्बिर शेयर गरेर चर्चामा आएकी छन् । उनले शेयर गरेका तस्बिरमा अर्की बलिउड नायिका सुरबिन चावला पनि देखिएकी छन् । रुबीना यस्तो बोल्ड अवतारमा देखिएको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि बिकिनीमा आफ्ना हट तस्बिर शेयर गरेर सबैलाई चकित पारिदिएकी थिइन् । केही समयअघि रुबीनालाई बिकिनीवाला हट अवतारका बारेमा सोधिएको प्रश्नको जवाफमा आफ्ना ब्वाईफ्रेण्ड अभिनव शुक्लाले आफूले बिकिनीमा हेर्न मन पराउने भएकाले यस्ता तस्बिर खिचाएको जवाफ दिएकी थिइन् । रुबीन एक राम्री नायिकामात्रै नभएर वास्तविक जीवनमा निकै राम्री र हट पनि छन् । उनी कलर्सको सिरियल ‘शक्ति–अस्तित्व एक अससास की’ मा सौम्याको भूमिका निभाइरहेकी छन् । उनले आफ्नो अभिनय यात्रा ‘छोटी बहु’ बाट सुरु गरेकी थिइन् । जसमा उनको राधिकाको भूमिका सबैले मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?