इरान–इराकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो

बगदाद, २७ कात्तिक । इरान र इराकमा आएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सख्ंया २ सयभन्दा बढी पुगेको छ । भूकम्पको असर इरानमा सबैभन्दा बढी परेको छ इराकमा अहिलेसम्म भूकम्पले ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । इरानमा भूकम्पका कारण ठूलो संख्यामा सर्वसाधारण घाइते भएको जनाइएको छ । भूकम्पका कारण केही सहर र गाउँमा विद्युत आपूर्ति बन्द भएको छ भूकम्प प्रभावित इलाकामा सडकमा समेत भूकम्पका कारण क्षति पुगेपछि यातायात सञ्चालनमा समेत समस्या भएको छ भने उद्दार कार्य समेत प्रभावित बनेको छ इरान र इराकको सीमावर्ती क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्प आएको हो । यो इराकको कुर्द बहुल सहर हलाब्जा नजिकै पर्दछ अमेरिकी जियोलोजिकल सर्भेले हलाब्जाबाट ३२ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ । यो भूकम्पको झड्का इरान, इराक, इजरायल र कुवेतसम्म महशुस गरिएको थियो । इरानको करमनशाह प्रान्तमा मृत्यु हुनेको संख्या धेरै रहेको अनुमान गरिएको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?