नागरिक उड्डयन प्राधिकरण बोर्डको लापरबाहीले गर्दा बजेट पारित हुन समस्या

काठमाडौं, २७ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणको आथिर्क वर्ष ०७४–०७५को बजेट गत साउनमै पारित हुनुपर्ने थियो । प्राधिकरण बोर्डको लापरबाही गर्दा अझै पनि बजेट पारित हुने कुनै चहलपहल नै छैन नयाँ आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्द पनि बजेट पारित हुन नसक्दा निर्माणका कामहरु अलपत्र हुन थालेको छ । साथै कर्मचारीलाई समेत तलबभत्ता दिन समस्या परिरहेको छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव चुनावी अभियानमा व्यस्त छन् । सोही कारणले गर्दा उनले बोर्डको बैठक बोलाउन चासो दिएको छैन् प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार मन्त्री देवको व्यस्तता र बोर्ड सदस्यको कोरम नपुग्दा बजेट पारित गर्न रोकिएको हो बोर्डमा निजी क्षेत्रका जहाज सञ्चालकबाट प्रतिनिधित्व गर्ने निमा लामाको मृत्यु भएको छ । उनको साटो अर्का प्रतिनिधि नियुक्त गरिएको छैन बजेट नै पारित नहुँदा विभिन्न निर्माण तथा बहुवर्षीय आयोजनालाई भुक्तानी दिन समस्या भएको प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए उनका अनुसार कर्मचारीलाई कात्तिकको तलब दिन समस्या भएको छ । चालु आर्थिक वर्षको बजेट पारित नहुँदा गत आर्थिक वर्षको बजेटमा उल्लेखित प्रशासनिक खर्चको ६ भागको एक भाग खर्च गर्न सकिन्छ प्राधिकरणले ४३ अर्ब ५९ करोडको बजेट निर्माण गरेको छ, जसलाई १९ साउनको बोर्ड बैठकमा पेश गरिएको थियो । तर, मन्त्रालयका प्रतिनिधिले त्यसमा समीक्षा गरेर मात्र पारित गर्नुपर्ने सुझाव दिएपछि बजेट रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?