२०७८,श्रावण,११,सोमवार

जुम्लामा एनआइसी एशिया बैंकको शाखा विस्तार

२०७४,कार्तिक,२७,सोमवार ०६:३०


जुम्ला, २७ कात्तिक । एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–५ मा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो जुम्लामा स्थापित गरिएको नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गरे । बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको जनाए जुम्लामा न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको एनआइसी एशिया बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक कालीबहादुर रोकायाले बताए बैंकिङ सेवा विस्तारका क्रममा एनआइसी एशिया बैंकको शाखासँगै जुम्लामा अब बैंकको संख्या १० पुगेको छ । नेपालभर १३५ शाखा विस्तार गरेको यो बैंकले जुम्लाका सबै स्थानीय तहमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार ०६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। सरकारले कृषि क्षेत्रको विकासका लागि बजेटमार्फत कृषि विकास बैंकको नेतृत्वमा लगानी गर्ने घोषणा गरिसकेको छ । यससँगै कृषि विकास

काठमाडौँ । भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक  वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा

काठमाडौं । नेपाल उद्योग परिसंघको नयाँ अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन्। परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको

काठमाडौं । ह्याकरहरुले अहिलेसम्मकै ठूलो ह्याकिङ गरी पैसा चोर्ने धम्की दिएको छ । ह्याकरले नेपाल राष्ट्र बैंकलाई इमेलमार्फत राष्ट्र बैंकसहित

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२