सरकारद्वारा चिनियाँ कम्पनीसँग भएको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको सम्झौता खारेज

काठमाडौं, २७ कात्तिक । सरकारले अघिल्लो सरकारले चिनियाँ कम्पनीसँग गरेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको सम्झौता खारेज गर्ने निर्णय गरेको छ सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई निर्माणको जिम्मा दिनेगरी भएको सम्झौता खारेज गर्ने निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिए पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा बुढी गण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय भएको थियो ऊर्जामन्त्री थापाले मन्त्रिपरिषद बैठकको निर्णयबारे ट्विट गर्दैै भनेका छन्, ‘अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढी गण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?