साउदीबाट केही दिनमा लेबनान फर्किन्छु : साद हरिरी

रियाद, २७ कात्तिक । लेबनानका प्रधानमन्त्री साद हरिरीले आफू केही दिनमा नै लेबनान फर्किने बताएका छन गत साता साउदी भ्रमणमा रहेका बेला नै राजीनामा दिएका प्रधानमन्त्री हरिरीले त्यहाँको एक फ्युचर टिभीलाई दिएको अन्तरवार्तामा आफूलाई साउदीमा कसैले बन्दक नबनाएको र केही दिनमा नै लेबनान फर्किने बताएका हुन् लेबनानका राष्ट्रपति र अन्य नेताहरुले उनलाई साउदी अरबको राजधानी रियादमा बन्धक बनाएर राखेको आशंका गरेका थिए प्रधानमन्त्रीबाट गत साता राजीनामा दिएका उनले पहिलो पटक सार्वजनिक रुपमा आफू लेबनान फर्किने बताएका हुन् । उनको राजीनामाले लेबनानमा सनसनी फैलिएको थियो हरिरीले आफूले राजीनामा दिनुको पछि इरान समर्थित हिज्बुल्ला जिम्मेवार रहेको बताएका छन् । सुन्नी नेता तथा कारोबारी हरिरी गत वर्ष नोभेम्बरमा लेबनानको प्रधानमन्त्री भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?