दुई डाक्टर किन पुगे भोजपुरमा ?

भोजपुर, २६ कार्तिक –वाम गठबन्धनलाई विजय गराउने उदेश्यले सैन्य विज्ञान र मेडिकल माइक्रो वाइलोजीमा विद्यावारिधी गरेका दुई डाक्रट डेढ हप्तादेखि भोजपुरमा क्रियाशील छन् । वाम गठबन्धनले देशलाई स्थायी सरकार र विकासमा सहयोग पुर्‍याउने भएकोले उत्साहित भएको भन्दै मेडिकल माइक्रो वाइलोजीमा विद्यावारिधी गरेका प्रा.डा.शिवकुमार राई र नेपालबाटै पहिलो पटक शैन्य विज्ञानमा विद्यावारिधी गरेका डा. ईन्द्रजित राई भोजपुरमा चुनावी अभियानमा खटिरहेका छन् प्राडा शिवकुमार राई जापानमा केही बर्ष त्याहाको सरकारी सेवा गरेर नेपाल आएका हुन् । प्रा.डा. राई राष्ट्रिय योजना आयोगको पूर्व सदस्य हुन् । डा. इन्द्रजित राई पहिलो संविधानसभामा माओवादीको तर्फबाट समानुपातिक सभासद थिए । वाम गठबन्धनले देशलाई विकासतर्फ डोर्‍याउने र स्थायी सरकार निर्माणको लागि आशा जगाएको प्रा.डा.शिवकुमार राईले बताए दुवै जना डाक्टरहरु गठबन्धनले बनाएको चुनावी सभाहरुमा भोट मागिरहेका छन् भोजपुरमा प्रतिनिधिसभाको तर्फबाट माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभामा १(क) नम्बरमा राजेन्द्रकुमार राई र २ (ख) नम्बरमा शेरधन राई प्रत्यक्ष तर्फको उमेद्वार रहेका छन् । प्रदेशसभामा दुवैजना एमालेका उमेद्वार हुन् । प्रतिनिधि सभा सदस्य समानुपातिकमा माओवादी केन्द्रको तर्फबाट दुर्गा राई र एमालेका सिर्जना राई चुनावी मैदानमा छन् भोजपुरमा लोकतान्त्रिक गठबन्धनको विरुद्धमा कांग्रेस र संघीय समाजवादी फोरमको चुनावी तालमेल छ । जिल्लामा वाम गठबन्धनका साझा उमेद्वार सुदन किराती विरुद्ध नेपाली कांग्रेसका उमेशजंग रायमाझी प्रतिष्प्रर्धामा छन् । १ नम्बर क्षेत्रमा राजेन्द्रकुमार राईसंग लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अजम्बर काङ्बाङ राई र २ नम्बरमा शेरधन राई विरुद्ध कांग्रेसकै गोविन्दबहादुर कार्की भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?