विक्रम पाण्डेलाई हराउन प्रचण्डको यतिधेरै व्यस्तता

कार्तिक २६, भरतपुर। चुनावी अभियानका क्रममा आइतबार माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं३ का उम्मेद्वार प्रचण्डले भरतपुर महानगरका १५, १६ र १९ नम्वर वडामा आयोजित दस वटा कोण सभालाई सम्बोधन गरेका छन् अभियानका क्रममा अध्यक्ष प्रचण्डले जनता सँग अन्तरक्रिया गर्नुका साथै स्थानीय जनताका समस्याबारे चासो राखेका थिए । अभियानमा माओवादी नेता अमिक शेरचन, क्षेत्र नं। ३ क का उम्मेद्वार कृष्ण भूर्तेल, एमाले नेता देवी ज्ञवाली लगायतका नेताहरुको उपस्थिति रह्यो। प्रचण्डको प्रतिस्पर्धीको रुपमा यहाँ राप्रपाका विक्रम पाण्डे उम्मेदवार रहेका छन्

आइतबारका कार्यक्रम

कार्यक्रम – १ (मंगलपुर)आइतबार बिहानै अध्यक्ष प्रचण्डले भरतपुर १६ को मंगलपुरमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गरे । कार्यक्रममा अध्यक्ष प्रचण्डले दस वर्ष विचार निर्माण, दसवर्ष जनयुद्ध र दसवर्ष शान्ति प्रकियामा बितेको भन्दै अबको दस वर्ष विकास र समृद्धिमा लगाउने धारणा राखे कार्यक्रम – २ (फूर्तिचोक)दोस्रो कार्यक्रमका रुपमा प्रचण्डले भरतपुर १६ को फूर्तिचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रममा प्रचण्डले विचार मिलेका कारण एमाले माओवादीबीच पार्टी एकता हुन लागेको बताए कार्यक्रम – ३ (शरणपुर)आइतबारको तेस्रो कार्यक्रमका रुपमा प्रचण्डले शरणपुरका जनतालाई सम्बोधन गरेका थिए । घरदैलो अभियानका क्रममा प्रचण्डले जनताका समस्या, विकास निर्माणको अवस्था लगायतका विषयमा अन्तरक्रिया र अवलोकन गर्न पुगे कार्यक्रम – ४ (शिवघाट)चुनावी अभियानमा प्रचण्डले जनतालाई अभिवादन गर्दै शिवघाट क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरे । घरदैलोका क्रममा प्रचण्डले भने,‘चितवनको विकासमा मेरो जोड छ । चुनावपछि बलियो बामपन्थी सरकार बन्छ । त्यस अवधिमा मैले चितवनका सबै कच्ची सडकहरु कालोपत्रे गर्ने योजना बनाएको छु । तटबन्धसहित नारायणी र राप्तिमा रिङरोड बनाइनेछ ।’कार्यक्रम – ५ (विजयनगर)आइतबारको पाँचौं कार्यक्रमका रुपमा प्रचण्डले विजयनगरमा आयोजित कोण सभालाई सम्बोधन गरे । सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘देशका ठूला पार्टीहरु मिलेर अघि बढ्नुपर्छ । एमाले–माओवादी गठबन्धनबाट कांग्रेस आत्तिन जरुरी छैन, नेपाली कांग्रेसले पनि विचार मिल्ने शक्तिहरुसँग एकता गर्नु राम्रो हुन्छ ।’कार्यक्रम – ६ (घुम्तीचोक)आइतबार नै प्रचण्डले चुनावी अभियानमा भरतपुर–१५ घुम्तीचोकमा आयोजित कोण सभालाई सम्बोधन गरे । सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले अबको युग समृद्धिको युग भएको भन्दै त्यसका लागि स्थिर सरकार निर्माण गर्न लागिएको बताएका थिए कार्यक्रम – ७ (रामपुर)सातौं कार्यक्रमका रुपमा अध्यक्ष प्रचण्डले आइतबारै रामपुरको कोण सभालाई सम्बोधन गरे । सभालाई सम्बोधन गर्दै प्रचण्डले भने,‘१९ नम्वर वडा नेपालमै चर्चाको विषय बन्यो । १९ नम्वर वडामा जुन घटना घट्यो, त्यो इतिहासकै दुर्भाग्यपूर्ण घटना हो, त्यसबाट हामीले शिक्षा लिनुपर्छ । त्यस्ता घटना दोहोरिन दिनु हुँदैन ।’कार्यक्रम – ८ (शारदानगर टाउन)‘समृद्ध चितवन हाम्रो संकल्प हुनुपर्छ । अब विकासका लागि प्रतिस्पर्धा गर्ने हो । लोकतान्त्रिक प्रणालीमा समृद्धिको प्रतिस्पर्धा जनताले चाहेका छन्’ प्रचण्डले अघि थपे,‘कम्युनिष्टहरुको एकताले देशमा स्थिरता दिन्छ । पार्टीहरुले विकासका लागि प्रतिस्पर्धा गर्ने वातावरण बन्छ ।’कार्यक्रम – ९ (गुञ्जनगर)नवौं कार्यक्रमका रुपमा प्रचण्डले भरतपुर गुञ्जनगरको चुनावी सभालाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले चितवनको पूर्वाधार विकासको अवस्था नजिकबाट नियालेको बताउँदै चितवनको विकासको नेतृत्व आफूले गर्ने बताए कार्यक्रम – १० (रानी पोखरी)आइतबारको अन्तिम कार्यक्रमका रुपमा अध्यक्ष प्रचण्डले रानीपोखरीको कोण सभालाई सम्बोधन गरे । आइतबार दिनभर अध्यक्षले स्थानीय जनतासँग अन्त्रक्रिया, विकास आयोजनाहरुको निरीक्षण पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?