२०७८,श्रावण,१७,आईतवार

क्याटलोनियामा हुने क्षेत्रीय चुनावले ‘पृथकतावादी संकट’को अन्त्य हुने

२०७४,कार्तिक,२७,सोमवार ०५:०५


एजेन्सी । आगामी महिना क्याटलोनियामा हुने क्षेत्रीय चुनावले ‘पृथकतावादी संकट’को अन्त्य गर्ने स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले बताएका छन् । क्याटलोनियामा प्रत्यक्ष शासन लागू भएयता पहिलोपटक त्यहाँ पुगेका प्रधानमन्त्री राखोइले एउटा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थिए बार्सिलोनामा आफ्नो निर्णयलाई जोगाउँदै उनले क्याटलान सरकारको एकतर्फी स्वतन्त्रता घोषणापछि आफूले ‘सबै उपायहरु समाप्त’ पारिदिएको बताए क्याटलान सरकारले गरेको एकतर्फी स्वतन्त्रता घोषणापछि कैयौं प्रमुख क्याटलान नेताहरुलाई अहिले हिरासतमा राखिएका छन् ती पक्राउविरुद्ध साढे ७ लाख मानिसले शनिबार बार्सिलोनामा प्रदर्शन गरेको स्थानीय प्रहरीले जानकारी दिएको छ । स्पेनी अदालतहरुले रोक लगाएको विवादास्पद जनमत संग्रह गत अक्टोबरमा गराइएपछि संकट उत्पन्न भएको थियो चुनावी अभियानको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री राखोइले ‘अव्यक्त बहुमतलाई आफ्नो आवाज मतमा बदल्न’ आह्वान गरे । उनले भने, “पृथकतावादको कहरबाट क्याटलोनियालाई हामीले फिर्ता ल्याउनुपर्छ । हामी प्रजातन्त्रमार्फत सबैका लागि क्याटलोनियालाई फिर्ता ल्याउन चाहन्छौं ।’’आफ्ना दलका समर्थकहरुलाई सही परिणामले स्पेनको आर्थिक वृद्धिदर अर्को वर्ष ३ प्रतिशत नाघ्ने उनले बताए । साथै कम्पनीहरुलाई क्याटलोनिया नछाड्न पनि प्रधानमन्त्री राखोइले अनुरोध गरे स्पेनी अर्थतन्त्रको पाँच भागको एक भाग क्याटलोनियाले ओगटेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार ०५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

फ्रान्सका किशोर–किशोरीलाई आफ्नो देशको कला, संस्कृतिसँग नजिक बनाउन सरकारले साढे ४१ हजार रुपैंया दिने अभियान थालेको छ । फ्रान्सका राष्ट्रपति

काठमाडौं । भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४

बङ्गलादेश । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि बङ्गलादेशको सरकारले लकडाउन थप कडाइ

काठमाडौं । इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् । ती इराकको उत्तरी

ताजा समाचार

मेलम्ची बाढी अपडेट : ७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३