क्याटलोनियामा हुने क्षेत्रीय चुनावले ‘पृथकतावादी संकट’को अन्त्य हुने

एजेन्सी । आगामी महिना क्याटलोनियामा हुने क्षेत्रीय चुनावले ‘पृथकतावादी संकट’को अन्त्य गर्ने स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले बताएका छन् । क्याटलोनियामा प्रत्यक्ष शासन लागू भएयता पहिलोपटक त्यहाँ पुगेका प्रधानमन्त्री राखोइले एउटा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थिए बार्सिलोनामा आफ्नो निर्णयलाई जोगाउँदै उनले क्याटलान सरकारको एकतर्फी स्वतन्त्रता घोषणापछि आफूले ‘सबै उपायहरु समाप्त’ पारिदिएको बताए क्याटलान सरकारले गरेको एकतर्फी स्वतन्त्रता घोषणापछि कैयौं प्रमुख क्याटलान नेताहरुलाई अहिले हिरासतमा राखिएका छन् ती पक्राउविरुद्ध साढे ७ लाख मानिसले शनिबार बार्सिलोनामा प्रदर्शन गरेको स्थानीय प्रहरीले जानकारी दिएको छ । स्पेनी अदालतहरुले रोक लगाएको विवादास्पद जनमत संग्रह गत अक्टोबरमा गराइएपछि संकट उत्पन्न भएको थियो चुनावी अभियानको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री राखोइले ‘अव्यक्त बहुमतलाई आफ्नो आवाज मतमा बदल्न’ आह्वान गरे । उनले भने, “पृथकतावादको कहरबाट क्याटलोनियालाई हामीले फिर्ता ल्याउनुपर्छ । हामी प्रजातन्त्रमार्फत सबैका लागि क्याटलोनियालाई फिर्ता ल्याउन चाहन्छौं ।’’आफ्ना दलका समर्थकहरुलाई सही परिणामले स्पेनको आर्थिक वृद्धिदर अर्को वर्ष ३ प्रतिशत नाघ्ने उनले बताए । साथै कम्पनीहरुलाई क्याटलोनिया नछाड्न पनि प्रधानमन्त्री राखोइले अनुरोध गरे स्पेनी अर्थतन्त्रको पाँच भागको एक भाग क्याटलोनियाले ओगटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?