कांग्रेसकाे नेता उम्मेद्वार भए पाे प्रतिस्पर्धी छ भन्नू, “प्रचण्ड”

कार्तिक २७, भरतपुर । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नं.-३ मा अाफ्नाे प्रतिस्पर्धी नै नभएकाे बताएका छन”चितवन-३ मा कांग्रेसका थुप्रै नेताहरु थिए, कांग्रेसकै नेता उठेकाे भए मेराे प्रतिस्पर्धी छन् भन्न हुन्थ्याे” पार्वतीपुरमा अायाेजित सभामा प्रचण्डले भने, “कांग्रेसका साथीहरुले राप्रपालाई अघि सार्नुभयाे। एउटा लाेकतान्त्रिक पार्टीले राजतन्त्रकाे पक्षधर पार्टीका मान्छेलाई अघि सारेपछि मेराे प्रतिस्पर्धी छ कसरी भन्नू ? राजा फाल्न, गणतन्त्र ल्याउन संघर्ष गरेकाे कांग्रेसले हलाेमा भाेट हाल्दा बिपीकाे अपमान हुन्छ, गणेशमानकाे अपमान हुन्छ। शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गीरिजा बाबूकाे अपमान हुन्छ। गणतन्त्र र संघीयताकाे अपमान हुन्छ। तपाईं जिन्दगीभर जसका विरुद्ध लड्नुभयाे, त्यही पार्टीकाे हलाेमा भाेट हाल्न तपाईकाे कुन नैतिकताले देला ?””जीवनकाे अन्तिम क्षणमा गीरिजा बाबू अस्पतालमा हुनुहुन्थ्याे, म भेट्न गएँ” प्रचण्डले भने, “गीरिजा बाबूले प्रचण्डजी याे देश तपाईलाई जिम्मा लगाएर जाँदैछु भन्नुभयाे। कांग्रेसलाई जिम्मा लगाएर जाँदैछु भन्नुभएन। त्याे गीरिजा बाबूकाे गणतन्त्रप्रतिकाे निष्ठा थियाे। अहिले राप्रपालाई बाेकेर कांग्रेसले गणतन्त्रप्रतिकाे प्रतिवद्दता भूल्न खाेजेकाे छ। याे कुरा कांग्रेसका साथीहरुले बुझ्न जरुरी छ।”अब नेपालमा कम्युनिष्ट र कांग्रेस बीच मात्र प्रतिस्पर्धा हुने ताए। उनले भने, “विचार मिल्ने पार्टीहरु एक हुनु नै देशका लागि राम्राे हुन्छ। राजनीतिक स्थीरताका लागि पनि थाेरै पार्टी हुनुपर्छ। कांग्रेसले पनि विचार मिल्नेहरुसँग एकता गराेस्। बामपन्थी एकता कसैका विरुद्ध लक्षित छैन। हाम्राे विचार मिल्याे र एक ठाउँमा अायौं। कांग्रेस पनि विचार मिल्नेहरुसँग मिल्दा हामी खुसी नै हुन्छाैं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?