चलचित्र ‘राज्जा रानी’को गीतमा देखियो केकी र नाजिरको प्रेम कथा (भिडियो सहित)

काठमाडौं, २७ कात्तिक । यम थापाले निर्देशन गरेको चलचित्र ‘राज्जा रानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्र ‘कोहिनुर’का लेखक थापाले निर्देशन गरेका चलचित्र ‘राज्जा रानी’ को प्रदर्शन मिति पनि एक साता अगाडि नै सारिएको छ । अब, यो चलचित्र पौष २१ गते देशभर एकसाथ प्रर्दशन हुने भएको छ निर्माता एम के पौडेलले वितरकहरुसँग सल्लाहा गरि चलचित्रको प्रदर्शन मिति एक साता अगाडि सारेको बताए । पौष २८ बाट चलचित्र ‘राज्जा रानी’ हुने भनिएकोमा अब एक साता अगाडि अथार्त पौष २१ मा आएपछि ‘बटरफ्लाई र मिस्टर झोले’को भिडन्त हुने अनुमान गरिएको छ नयाँ मितिमा चलचित्र प्रदर्शन तय भएसँगै चलचित्रमा समावेश गरिएको गीत पनि सार्वजनिक गरिएको छ । ‘चिप्पक चिप्पक’ बोलको गीतमा दीपक शर्माको संगीत, नरहरि प्रेमी र सुमिना लोकेको स्वर, राजेन्द्र थापाको शब्द रहेको छ । यो गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र नाजिर हुसेनलाई एक साथ हेर्न सकिन्छ विक्रम स्वारले यो गीतको कोरियोग्राफी गरेका छन्  https://youtu.be/5jo8NdvKdeI 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?