नेप्से फाइनान्स समूहबाट नागरिक लगानी कोष हटाउने तयारी

काठमाडौं, २७ कात्तिक । नागरिक लगानी कोषलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले फाइनान्स समूहबाट हटाउने तयारी थालेको छ । कोषलाई अन्य समूहमा सूचीकृत गर्नका लागि फाइनान्स समूहबाट हटाउन लागेको हो नेप्से यस अघि विकास बैंक समूहमा सूचीकृत माइक्रोफाइनान्सलाई पनि हटाएर छुट्टै लघुवित्त समूहको नयाँ समूहगत परिसूचक सुरु गरेको थियो । सेयर बजारमा सूचीकृत कम्पनीको कामको प्रकृति अनुसार विभाजन गरेर समूहगत सूचक निर्माण गरिएको हो । हाल नेप्सेमा समूहगत परिसूचकको संख्या १० पुगेको छ त्यस्तै, फाइनान्स समूहमा सूचीकृत नागरिक लगानी कोषलाई पनि त्यो समूहबाट हटाएर अन्य समूहमा लैजाने योजना बनाएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । कोष नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त कम्पनी नभएको र जलविद्युत् विकास कम्पनी पनि अन्य समूहमा सूचीकृत भएकाले कोषलाई पनि अन्य समूहमा लैजानु परेको प्रवक्ता पराजुलीले बताए हाल नेप्सेमा ३१ फाइनान्स कम्पनीको फाइनान्स समूह रहेका छन् । नगारिक लगानी कोषलाई हटाएपछि यो समूहमा सूचीकृत कम्पनीको संख्या ३० हुनेछ नागरिक लगानी कोषको नेप्सेमा ७४ लाख २ हजार ४ सय ४७ कित्ता सेयर सूचीकृत छ । कोषको बजार पुँजीकरण मात्र २६ अर्ब ४६ करोड रहेको छ हाल अन्य समूहको समूहगत परिसूचक ८०९ अंकमा छ । तर, फाइनान्स समूहको परिसूचक ७५४ अंकमा रहेको छ । यो समयमा नेप्से परिसूचक भने १४ ६० अंकमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?