इराक र इरानमा भूकम्पः सय भन्दा बढीको मृत्यु, अन्य थुप्रै घाइते

एजेन्सी । इरानमा शक्तिशाली भूकम्प जाँदा देशको पश्चिम क्षेत्रमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका इरानबाट आएका खबरहरुमा बताइएको छ अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय २९ जनाको मृत्यु भएको छ इराकमा पनि चारको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने सञ्चारमाध्यमहरुले जनाएको छ इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन् । थुप्रै गाउँ र शहररुमा विजुली आपूर्ति बन्द हुनुको साथै सञ्चार सेवा पनि अवरुद्ध भएको छ भूकम्पका कारण सडक अवरुद्ध भएकोले उद्धार टोलीहरु क्षतिग्रस्त क्षेत्रसम्म पुग्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?