क्याट्रिनालाई किस गर्न किन मानेनन् सलमानले ?

मुम्बई- अभिनेता सलमान खानले पर्दामा कुनै पनि अभिनेत्रीसँग आजसम्म ‘लिप लक’ गरेको दृश्य बाहिरिएको छैन । किसिङ दृश्य दिन नचाहनुको कारणबारे सलमान भन्ने गर्छन्, उनका फिल्म हेर्न परिवारका सबै सदस्य सँगै आउन चाहन्छन् । उनी आफ्नै परिवारसँग बसेर मज्जासँग हेर्न सक्ने फिल्म बनाउनुपर्छ भन्ने धारणामा चल्छन् साथै, सलमान सुटिङ युनिटको सामुन्ने किसिङ दृश्य दिन र सार्वजनिक स्थानमा आफ्नै गर्लफ्रेन्डको हात समात्न पनि असहज लाग्ने बताउँछन् तर, ‘टाइगर जिन्दा है’का निर्देशक अली अब्बास जफरले फिल्ममा केही नयाँ गर्ने सोच बनाए । उनी चाहन्थे कि सलमान र क्याट्रिना कैफको किसिङ दृश्य फिल्ममा समावेश गर्न पाइयोस् तर, सलमानले उनको प्रस्तावलाई अस्वीकार गरिदिए । जफरले पटक–पटक आग्रह गरेपछि सलमानले ‘नो का मतलब नहीँ’ भन्दै कडा जवाफ फर्काएपछि किस सिन राख्ने विषय अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?