प्रदेश राजधानी तोक्न ढिलाइ किन ?

काठमाडौँ, २७ कात्तिक – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र बाँकी छ । सङ्घीय संरचनामा पहिलो पटक निर्वाचन हुन लागे पनि निर्वाचनअघि तयार हुनुपर्ने प्रशासनिक र साङ्गठनिक संरचना अझै तयार भएका छैनन् प्रदेशको राजधानी तोक्ने, प्रदेश प्रमुखको नियुक्ति तथा प्रदेश व्यवस्थापिका कहाँ बस्ने पनि अझै टुङ्गो छैन । व्यवस्थापिका कहाँ रहने यकिन नभए पनि ढिलामा अबको एक महिनामा जनप्रतिनिधि छानिने प्रक्रिया भने सकिनेछ । जनप्रतिनिधि चयनअघि नै प्रदेश प्रमुखको नियुक्ति पनि अनिवार्य भएको गोरखापत्रमा खबर छ संविधान जारी भएको दुई वर्ष पूरा भइसके पनि प्रदेशको राजधानी अझै तोकिएको छैन । विज्ञ सम्मिलित टोलीले एक महिनाअघि प्रदेशका सम्भावित राजधानीको नामावली सरकारलाई सुझावका रूपमा उपलब्ध गराए पनि राजनीतिक ध्रुवीकरणपछि उक्त विषयले प्राथमिकता पाएको छैन सहरी विकासमन्त्री दिलनाथ गिरीले पहिलो चरणको निर्वाचन लगत्तै प्रदेशको राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढाउने सरकारको तयारी रहेको बताए । गिरीले भने , ‘पहिलोे चरणको चुनावलगत्तै प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी छ । गृहकार्यका लागि गृह मन्त्रालय र मन्त्रिपरिषद्को समितिलाई पनि निर्देशन दिने निर्णय भइसकेको छ । ’मन्त्रिपरिषद्को भदौ १४ गतेको बैठकले परामर्शमा प्रदेशको राजधानी तोक्ने प्रस्ताव तयार पार्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । यस्तै, प्रदेश प्रमुखको नियुक्ति सम्बन्धमा मन्त्रिपरिषद्को राजनीतिक समितिमा छलफल गरी समितिको निर्णयअनुसार अगाडि बढ्ने पनि निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?