जातीय आन्दोलन चर्किएको मुख्य केन्द्र कास्कीको दृश्य यस्तो

पोखरा, २७ कात्तिक- कास्कीमा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका । चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे । ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै नारासहित आन्दोलन चर्किएको मुख्य केन्द्र कास्कीको दृश्य यो चुनावमा भने बदलिएको छ यसपालि जातीय, क्षेत्रीय मुद्दा उठाउनेहरू मत्थर देखिएका छन् । कांग्रेस र वाम गठबन्धनमै उनीहरूको विलय भएको छ । ‘स्थानीय तह र यो निर्वाचनमा जातीय सवाल ओझेलमा परेको छ । त्यसैले जातीय मतको प्रभाव यो निर्वाचनमा पर्लाजस्तो मलाई लाग्दैन,’ पृथ्वी नारायण क्याम्पसकी उपप्राध्यापक शान्ताकुमारी खत्रीले भनिन्, ‘सबै क्षेत्र र वर्गका मतदाता आफ्नै मोर्चामा बाँधिइरहेका छन् । संगठित भइसकेका छन् ।’ बहालवाला मन्त्री यज्ञबहादुर थापा कांग्रेस र वाम गठबन्धनका युवा नेता रवीन्द्र अधिकारीसम्म यहाँ प्रतिस्पर्धामा छन् । कास्की १ मा मन्त्री थापासँग एमाले नेता पूर्वमन्त्री खगराज अधिकारी भिडदै छन् । २ मा दुई पटक लगातार सांसद जितेका एमालेका युवा नेता अधिकारीसँग पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् कांग्रेसका देवराज चालिसे । ३ मा एमालेका जगत विश्वकर्मासँग कांग्रेसका पुराना नेता शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् विगतमा मिश्रित परिणाम आउने गरेको कास्कीमा यस पटक पनि स्पष्ट तस्बिर देखिइसकेको छैन, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?