२०७८,श्रावण,१७,आईतवार

अदालतलाई नै चुनौती दिन थाल्यो अख्तियारले

२०७४,कार्तिक,२७,सोमवार ०१:२३


काठमाडौं, २७ कात्तिक- विशेष अदालतले ‘आर्बिट्रेसन’ मार्फत ट्रान्सफरमर प्रतिस्थापन गर्न दिएको आदेशलाई चुनौती दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन अगाडि बढाएको भेटिएको छ ।विशेष अदालतले चीनको हुबेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेडले आपूर्ति गरेको ट्रान्सफरमर मापदण्डविपरीत भएको भेटिएपछि तिनको आपूर्तिकर्ता ठेकेदार कम्पनीसित प्रतिस्थापन प्रक्रिया पूरा गरी जानकारी दिन आदेश गरेको थियो उक्त आदेशपछि प्राधिकरणको ६७७ औं बैठकले ट्रिब्युनल गठन गरी प्रतिस्थापन प्रक्रिया अगाडि बढापछि अख्तियारले पुनः छानिबनका लागि भन्दै सञ्चालक समितिका सदस्यमध्ये तत्कालीन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीलाई बयानका लागि गत साता बोलाएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ अख्तियारबाट उक्त ठेक्का सम्झौताअन्तर्गत खरिद प्रक्रियामा संलग्न कर्मचारी र ठेकेदारउपर विशेष अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेको उक्त अदालतले ०७० असोज ३ गते ‘आपूर्तिकर्ताबाट करारको सर्तअनुसार ट्रान्सफरमर प्रतिस्थापन भएमा सो कार्य पूरा भएको जानकारी प्राप्त भएपछि प्रस्तुत आदेशउपर पुनर्विचार गर्न पेस गर्नू’ भनी आदेश दिएको थियो अदालतको आदेशमा ट्रान्सफरमर प्रतिस्थापन गर्ने प्रक्रियालाई आपूर्तिकर्ताले इमानदारी नदेखाएको परिप्रेक्ष्यमा ठेक्का सम्झौतामा भएको व्यवस्थामुताविक आपसी सहमति (एमिकेबल सेटलमेन्ट) हुँदै आर्बिट्रेसन (मुद्दा) मा जाने बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै प्राधिकरण बोर्डले आर्बिट्रेसनमा जाने निर्णय गरेको थियो उक्त निर्णयअनुसार गठित ट्रिब्युनलको अध्यक्षतामा वीरेन्द्रबहादुर देउजा, आपूर्तिकर्ता ठेकेदारको तर्पmबाट प्राधिकरणकै पूर्वकर्मचारी ध्रुवराज भट्टराई र प्राधिकरणको तर्पmबाट पूर्व जलस्रोत सचिव किशोरबाबु अर्याल सदस्य रहेका थिए । उक्त ट्रिब्युनलले ०७२ कात्तिक १ गते ‘चिनियाँ ठेकेदारले कराबरबमोजिम आपूर्ति दिनुपर्ने वितरण ट्रान्सफरमर मापदण्डबमोजिम नगरेकाले सम्पूर्ण थान निज ठेकेदारकै आर्थिक दायित्वमा रहने गरी आपूर्तिकर्ताको प्लान्टबाट उत्पादित नयाँ ट्रान्सफरमर प्राधिकरणलाई उपलब्ध गराउने र यो सम्पूर्ण प्रक्रिया आर्बिट्रेसन एवार्ड गरेको मितिले नौ महिनाभित्र सम्पन्न गर्नुपर्ने तथा यसमा कुनै पनि आर्थिक दायित्व प्राधिकरणले व्यहोर्नु नपर्ने’ पैmसला गरेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार ०१:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : ७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३