२०७८,श्रावण,११,सोमवार

छोरी जिताएको काण्डमा बोले प्रचण्ड

२०७४,कार्तिक,२६,आईतवार १६:५८


चितवन, २६ कात्तिक – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका वडा नं १९ मा घटेको घटना इतिहासकै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् आज साँझ पश्चिम चितवनको शारदानगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनका बेला वडा नं १९ मा भएको घटनाबाट शिक्षा लिँदै दोहोरिन दिन नहुनेमा जोड दिए । “वडा नं १९ नेपालको चर्चाको विषय बन्यो, १९ नं वडामा जुन घटना घट्यो, त्यो इतिहासकै दुर्भाग्यपूर्ण घटना हो, त्यसबाट हामीले शिक्षा लिनुपर्छ”–दाहालले भने , “त्यस्ता घटना दोहोरिन दिनु हुन्न ।”स्थानीय तहको निर्वाचनका बेला भरतपुर–१९ को मतगणनाका क्रममा गणनास्थल मै मतपत्र च्यातिएको थियो । त्यसपछि यहाँ पुनः मतदान भएको थियो चार दिनदेखि चितवनमा चुनावी अभियानमा सक्रिय भएका दाहालले आज चितवन निर्वाचन क्षेत्र नं ३ का विभिन्न १० ठाउँमा भएको चुनावीसभालाई सम्बोधन गरेका थिए चुनावी सभालाई सम्बोधन गर्दै दाहालले नेपाली काँग्रेसलाई पनि विचार मिल्ने शक्तिहरुसँग गठबन्धन गरेर जान सुझाव समेत दिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार १६:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२