२०७८,श्रावण,११,सोमवार

निर्वाचनलाई लक्षित गरी अतिदुर्गम क्षेत्रमा दूरसञ्चार सेवा

२०७४,कार्तिक,२६,आईतवार १६:०५


काठमाडौँ, २६ कात्तिक – आगामी १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी नेपाल टेलिकमले अति दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ टेलिकमले दार्चुला, जुम्ला, कालीकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट मार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको हो । कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले केही हप्ताअघि देखि सेवा सञ्चालनमा ल्याउन शुरु गरेको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ‘यसरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपी हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका, कालीकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन्’, विज्ञप्तीमा भनिएको छ उल्लिखित गाउँपालिकाअन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ । नेपाल टेलिकमले दुर्गम हिमाली जिल्लामा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तनहुँ व्याँस नगरपालिका–९ घर भएकी ४५

कपिलवस्तु । कपिलवस्तुमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका हो धनगढी । तर, यही उपमहानगरपालिकाका केही जनता भने विकाससँगै आधारभूत सेवा पाउनबाट समेत

खोटाङ । पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट दर्जनौँ युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२