२०७८,श्रावण,१७,आईतवार

प्रहरी अस्पताल सर्वसाधारणका लागि खुल्यो

२०७४,कार्तिक,२६,आईतवार १६:०३


 काठमाडौँ, २६ कात्तिक -महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गर्नुभयो । उहाँले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा ब्याख्या गरिएकाले प्रहरीले मनन् गरी आम नागरिकका लागि पनि प्रहरी अस्पताल खुल्ला गरिएको बताउनुभयो सर्वसाधारणलाई सेवा दिन थालेपछि नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी उनीहरुका आफन्त, आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिन उहाँले आग्रह गर्नुभयो अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले दिउँसो एक देखि ३ बजेसम्म ओपिडी सेवा सर्वसाधारणका लागि दिइने बताउनुभयो । उहाँले अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्याथोलोजी, ल्याब, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिनुभयो प्रहरी अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को पर्चा काट्नुपर्छ । औषधि, भर्ना हुने बिरामीका लागि खाना कसरी के गर्ने भन्ने विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टुंगो लगाउने बताइएको छ तत्कालका लागि आठ शैय्या आकस्मिक बिरामीका लागि, १०÷१० शैय्या महिला पु्रुषका लागि र ४ शैय्या शल्यक्रियापछि राख्नका लागि छुट्याइएको छ विस २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले प्रहरी अस्पताल आम नागरिकका लागि खुल्ला गर्ने निर्णय गरेको थियो । यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीर परिवारलाई मात्र सेवा दिँदै आएको थियो उक्त अस्पतालमा दैनिक ५०० देखि हजार बिरामीले बहिरङग विभागमा उपचार गराउँदै आएका छन् भने १५० बिरामीले भर्ना भएर उपचार सेवा लिन्छन् । अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालहरुमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार १६:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१
काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८