२०७८,श्रावण,८,शुक्रवार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृतविरुद्ध रिट

२०७४,कार्तिक,२६,आईतवार १५:५६


 काठमाडौँ, २६ कात्तिक -सर्वोच्च अदालतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नियुक्ति खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएकोे छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई विपक्षी बनाई प्राधिकरणका पूर्व कार्यकारी सुशील ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा प्राधिकरणमा भुसाललाई गैरकानुनी रुपमा नियुक्ति गरिएको भन्दै सो नियुक्ति खारेज गर्न माग गरिएको छ रिट निवेदनमा प्राधिकरणका पूर्व सिइओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी बाँकी अवधिका लागि युवराज भुषाललाई नियुक्ति गर्नु कानूनसम्मत नभएको जिकिर गर्दै भुसालको नियुक्ति बदर गर्न माग गरिएको छ प्राधिकरणका पूर्व सिइओ पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुन राजीनामा दिएपछि मन्त्रिपरिषद्ले गत कात्तिक ६ गते उनको राजीनामा स्वीकृत गर्दै पूर्वअर्थसचिव युवराज भुसाललाई सिइओ नियुक्त गरेको थियो यसअघि पनि प्राधिकरणका पूर्वसिइओ ज्ञवालीले गैरकानुनीरुपमा आफूलाई सिइओ पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए मन्त्रिपरिषद्को २०७२ साल पुस १० गतेको निर्णयबाट पाँच वर्षको पदावधि हुने गरी प्राधिकरणमा आफूलाई नियुक्त गरेपनि त्यसको एक वर्षमै गैरकानुनी रुपमा हटाएर पोखरेललाई सिइओ नियुक्त गरिएको भन्दै उहाँले ०७३ माघ ४ गते रिट निवेदन हाल्नुभएको थियो । सो मुद्दा अदालतमा हालसम्म पनि विचाराधीन छ प्राधिकरणका पूर्वसिइओ ज्ञवालीले सर्वोच्च अदालतमा सिइओ नियुक्तिसम्बन्धी विवाद विचाराधीन हुँदाहुँदै गैरकानुनीरुपमा सिइओ नियुक्ति हुने गरेकाले आफूले पुनः अर्को रिट निवेदन हाल्नुपरेको उल्लेख गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार १५:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६