वाम गठबन्धन कदापि वामपन्थीको गठबन्धन होइन : विजुक्छे

भक्तपुर, २६ कात्तिक – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्ता प्राप्तिका लागि मात्र वाम गठबन्धन बनेको बताएका छन् नेपाल प्राध्यापक समाजले मध्यपुर थिमिमा आयोजना गरेको प्राध्यापकको भेलामा बोल्दै उनले वाम गठबन्धन कदापि वामपन्थीको गठबन्धन नभएको बताए प्रतिपक्षमा रहँदा पनि एमालेले सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्दै न्यायाधीशलगायत विभिन्न संवैधानिक नियुक्तिमा भागबण्डामा सरकारसँग मिलेकोे बताउँदै उनले सरकारमा रहने नेकपा माओवादी केन्द्र कुनै हालतमा वामपन्थी हुनै नसक्ने जिकिर गरे कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभातर्फका उम्मेदवार प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा तर्फका उम्मेदवार अनुराधा थापामगर, नेपाल प्राध्यापक समाजका अध्यक्ष एवं भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार सरोजराज गोसाईंको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार प्रेमजन थापा श्रेष्ठ र निरज लवजूले जनताको पक्षमा उभिएको दललाई मतदान गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?