बाटोमा भेटिएको पुडिया खाँदा दुई बच्चा बिरामी

 महोत्तरी, २६ कात्तिक – बाटोमा भेटृाएको पुडिया खाएपछि महोत्तरीमा दुईजना बच्चा विरामी परेका छन् । बालीनालीमा प्रयोग गरिने विषको पुडिया खानेकुरा सम्झेर खाँदा महोत्तरीको गौशाला नगरपालिका–८ वेलगाछीमा एकैघरका दुईजना बालक विरामी परेका हुन् गौशाला नगरपालिका–८ वेलगाछीका रामविलास ठाकुरका ५ वर्षीय उद्घव ठाकुर र ३ वर्षीय उदय ठाकुर खेल्नेक्रममा विष सेवन गरेपश्चात् विसञ्चो महशुस गरेको र पछि बारम्बार उल्टी गरेपछि विष सेवन गरेको आशंकामा गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो त्यहाँ विष सेवन गरेको पुष्टि भएको र तत्कालै थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको अस्पताल स्रोतले जनाएको छ । दुईजनामध्ये उद्घवको स्थिति गम्भीर भएको बताइएको छ घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा ती दुई बच्चाले सडकमा फालिएको विषको पुडिया खानेकुरा सम्झेर खाएको खुलासा भएको इलाका प्रहरी कार्यालय, गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?