प्रचण्डको खुलासाः कांग्रेसले पनि उनैलाई भोट हाल्ने दाबी

काठमाडौं, २६ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले उम्मेदवारी दिएको चितवन क्षेत्र नम्बर ३ मा प्रतिद्धन्द्धी नै नभएको दावी गरेका छन् चितवनको मंगलपुरमा आईतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनमा जनाधार भएको काँग्रेससहितका सबै दलले आफूलाई चुनावमा साथ दिने बचन दिएको खुलासा गरे दाहालले स्थानीय काँग्रेसले समेत आफूलाई साथ दिने बचन दिएको भन्दै आफ्नो प्रतिद्धन्द्धी चितवनमा कोही पनि नभएको बताएका हुन् अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका विक्रम पाण्डे ठेकेदार मात्रै भएकाले उनलाई प्रतिद्धन्द्धी मान्न आफू तयार नभएको प्रचण्डको भनाई छ अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा नेपालमा कम्युनिष्टहरुले मात्रै गर्न सक्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?