वर्षमानमाथि आजपनि रोल्पामा अवरोध, गोली चल्यो

काठमाडौं, २६ कात्तिक । माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि आज पुन आक्रमणको प्रयास भएको छ । आइतबार दिउँसो रामचीबाट दुईखोलीतर्फ आमसभाका लागि हिँडेको वर्षमान पुनको टोलीलाई भीरबाट ढंगा लडाएर विप्लवका कार्यकर्ताले करिब २ घण्टासम्म बाटैमा रोकेको बताइएको छ सो क्रममा विप्लवका कार्यकर्तामाथि अनन्तका सुरक्षाकर्मीले पनि फायरिङ गरेको तर कुनै मानविय क्षति नभएको विप्रका रोल्पाले जनाएको छ प्रहरीले सो क्रममा विप्लवका ३ कार्यकर्ता पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?