सरकारले बल्ल थाहा पायो कीर्तिनिधि विष्टको निधनको खबर !

काठमाडौं– पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको ३० घण्टापछि राष्ट्रपति कार्यालयले शोक विज्ञप्ति निकालेको छ विज्ञप्तिमा विष्टको निधनबाट राष्ट्रपति विद्यादेवी भण्डारी स्तब्ध र दुःखी भएको उल्लेख छ विज्ञप्तिमा भनिएको छ– देशभक्त नेताको छवि बनाउनु भएका उहाँले जीवनपर्यन्त निर्भिकताका साथराष्ट्र र सार्वभौमिकता रक्षाका लागि निर्वाह गर्नुभएको भूमिका सदास्मरणीय रहिरहनेछ।’यसैबीच राष्ट्रपति आज कीर्तिनिधि विष्टको निजी निवास ज्ञानेश्वरमा गई दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुल प्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?