सटी एक्स्प्रेस मनी ट्रान्सफर ‘उत्सव एक्स्प्रेस’ योजनाको नवौं हप्ताका विजेता घोषणा

काठमाडौं, २६ कात्तिक । सिटी एक्स्प्रेस मनी ट्रान्सफर ‘उत्सव एक्स्प्रेस’ योजनाको नवौं हप्ताका विजेताहरु घोषणा गरिएको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओप्पो फोन जित्ने विजेताको घोषणा गरेको हो चाँदीको सिक्का विजेताका रुपमा रुक्मनी कुमारी देवी, लक्ष्मी राई, गुमा देवी कँडेल, सुिशला कुमारी यादव, सुनिता लोप्चोन र लक्ष्मी अधिकारी छनोट भएकी छिन् । साथै ओप्पो फोन विजेताका रुपमा सुन्सरीकी रनीता साडा नाम छनोट भएको छ विगत लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले हिन्दूहरुको महान चाड दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको थियो । कम्पनीले यस वर्ष आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो सिटी एक्स्प्रेसले दिएको जानकारी अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् त्यसैगरी, ण्उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्ने मौका पाउने छ । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?