जाडो महिनामा उच्च रक्तचाप हुन नदिन अपनाउनुपर्ने उपाय यस्ता छन्

जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् । यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन । हम्रो शरीरको रक्तचाप बढ्ने गर्छ । त्यसैले हामीलाई रक्तचाप सम्बन्धी विभिन्न रोगले सताउने गर्छ । यस समयमा उच्च रक्तचापले गर्दा हृदयघातको हुने सम्भावना बढी हुने गर्छ । यसले मानिसको ज्यानै जान सक्छ । त्यसैले हामीले सतर्क अपनाउनु जरुरी हुन्छ हाम्रो चशरीरको रक्तचाप सन्तुलन राख्न अपनाउनु पर्ने उपायहरुः–१) नुनको प्रयोग कम गर्नेः धेरै नुनको प्रयोगले गर्दा शरीरको रक्तचाप बढ्ने गर्छ । बाहिरको दानामा नुनको बढी प्रयोग गरिएको हुन्छ र त्यसैले बाहिरको खाना खान हुँदैन । यसले रक्तचाप बढाउने गर्छ । हामीले खाने खानामा आवश्यकभन्दा बढी नुनको प्रयोग गर्न हुँदैन २) पौष्टिक आनाके सेवनः– फलफुल र तरकारीमा बढी मात्रामा भिटामिन, सिनेरल्स र फाइबर पाइने गर्छ । यसले हाम्रो मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ । त्यसैले हामीले यस्ता खानेकुरामा बढी जोड दिनुपर्छ ३) तौल नियन्त्रणः– तौल बढ्नाले मुटुलाई असर गर्ने गर्छ । यसले उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । त्यसैले आफ्नो शरीरको तौल नियन्त्रण गर्न निकै जरुरी हुन्छ । तौल सन्तुलित रुपमा हुनाले हाम्रो मुटु स्वास्थ्य रहने गर्छ ४) व्यायामः– दैनिक करिब ३० मिनेको व्यायाम स्वीमिगं तथा विरस्क वाकिंग पनि मुटु रोगी तथा उच्च रक्तचापका साथमा अन्य रोष् पनि छ भने चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्नु उचित हुन्छ ५) मदिरा सेवन नगर्नेः– मदिरा सेवनले शरीरमा कोलेस्ट्रोल बढाउँछ । यसले गर्दा हाम्रो रक्तचाप बढ्ने गर्छ । यसले हाम्रो मुटुलाई असर गर्छ । त्यसैले मुटु स्वास्थ्य राख्न रक्तचाप सन्तुलनमा राख्न मदिराको सेवन गर्न हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?