यू–१९ एसिया कप क्रिकेट : भारतमाथि नेपालको ऐतिहासिक विजय

काठमाडौं, २६ कात्तिक । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई पराजित गर्दै पहिलो जित हात पारेको छ शनिबार बंगलादेशसँग २ विकेटको हार बेहोरेको नेपालले आइतबार भारतलाई १९ रनले हराएको हो । नेपालको जितमा कप्तान दिपेन्द्रसिंह ऐरीले बलिङ र ब्याटिङ दुवैमा महत्वपूर्ण योगदान दिए भारतले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा १८६ रनको लक्ष्य लिएर मैदान उत्रिएको भारत १६६ रनमा अलआउट भयो भारतका लागि हिमांशु रानाले ४६ रन, मनजोत कलराले ३५, अभिशेक शर्माले २७, अनुज रावतले १८ रनको योगदान गरे भारतलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने शाहाब आलम र पवन सर्राफले समान २–२ तथा सन्दिप लामिछानेले १ विकेट लिए निकै खराब सुरुवात गरेको नेपालले २८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको पारी सम्हाले जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरे । जितेन्द्र ३६ रन बनाए । त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले दिपेन्द्रलाई साथ दिन सकेनन् भीम सार्कीले १५ रन जोड्नु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । नेपालको पारी सकिन ८ बल बाँकी छँदा आठौं विकेटका रुपमा आउट भएका दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाए । यो जितसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना जिवित भएको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?