एक हप्ता लामो हुन्डाई मेगा एक्सचेन्ज कार्यक्रम योजना सुरु

काठमाडौं, २६ कात्तिक । हुण्डाईको गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टन्कन्टिनेन्टल प्रालिले एक हप्ताको लागि हुन्डाई मेगा एक्सचेन्ज हप्ता कार्यक्रम ल्याएको छ आज अर्थात कात्तिक २६ गते आइतबार देखि मंसिर २ गते शनिबारसम्म हुन्डाई ब्राण्डका सबै मोडलहरुमा लागू हुने गरि राष्ट्रव्यापी रुपमा यो कार्यक्रम आयोजना भएको छ यो कार्यक्रमले अत्यधिक ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुनौलो अवसर भएको लक्ष्मी इन्टन्कन्टिनेन्टल प्रालिले बताएको छ त्यसैगरी, लक्ष्मी इन्टन्कन्टिनेन्टलले ग्राहक सामु रु ६,२०,००० सम्मको लाभ लिन मिल्ने योजना अन्तर्गत अविश्वसनीय मुल्यांकनसँगै विभिन्न उपहार, उत्कृष्ट नगद छुट, फाइनान्स तथा बिमा, ४ वर्ष फ्रि सर्भिस, ३ वर्षको वारेन्टी, रु२०,००० सम्मको लोयल्टी बोनस साथै १,००,००० सम्मको एक्सचेन्ज बोनस हरेक गाडिको बिक्रीमा प्रदान गर्ने जनाएको छ यो कार्यक्रमबारे लक्ष्मी इन्टन्कन्टिनेन्टल प्रालिका सेल्स एण्ड मार्केटिङडिजिएम रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?