यस्ताे छ श्रीमतीलाई खुसी पार्ने ४ तरिका

महिनावारी भएको बेला महिलाहरु सानो सानो कुरामा रिसाउने गर्दछन् र पुरषहरुलाई उनीहरु किन रिसाउने गर्दछन् भन्ने कुराको जानकारी हुँदैन । यस्तै परे उनीहरु महिलाभन्दा बढि रिसाउने गर्दछन् । तर, श्रीमानहरुले के बुझ्न जरुरी छ भने, कहिलेकाँही मात्र रिसाउने श्रीमतीलाई आखिर के भएको छ त ? तपाईंकी श्रीमती महिनावारी भएको बेलामा पनि रिसाउने गर्दछिन् । महिनावारी भएको बेलामा महिलाहरुको हर्मोनमा परिवर्तन आउने गर्दछ जसले गर्दा उनीहरुलाई थकान, चिढचिढापन, कमजोरी र ज्वरो पनि आउने गर्दछ । तपाईं आफैँ सोच्नुहोस् कि यस्तो बेलामा उनले घरको सबै काम कसरी एक्लै गर्न सक्छिन् ? आफ्नी श्रीमती महिनावारी भएको बेलामा उनीप्रति थोरै संवेदना देखाएर उनलाई मद्दत गर्न सक्नुहुनेछ उनलाई कसरी सहयोग गर्ने तरिकाहरू जानाैं ।१. सम्झनुस् उनी समस्यामा छिन्सम्झनुहोस् कि उनलाई यो समय कति पिडा हुन्छ । पेट दुखाई, ढाड दुखाई, टाउको दुखाई– यी सबै पिडाहरु कसरी एकैपटक सहन गरिरहेकी होलिन् । कतिपय अवस्थामा त महिलालाई ज्वरो पनि आउने गर्दछ । यतिबेला उनको आवश्यकताहरुलाई थाहा पाउनुस् २. उनलाई राम्रो महसुस गराउनुहोस्यस्तो बेलामा उनलाई भित्रबाट नै निकै नरमाइलो लाग्ने गर्दछ त्यसकारण तपाईंले उनलाई केहि कुराको बारेमा राम्रो महसुस गराउनुहोस् । उनलाई बताउनुस् कि उनी कति राम्री छिन् र आजकाल कति राम्री देखिन्छिन् । यसबाट उनको आत्मविश्वासमा वृद्धि हुने गर्दछ ३. मसाज गर्नुहोस्उनलाई तनावमा भएको थाहा पाउनेबित्तिकै मज्जाले मसाज गरिदिनुहोस् । यसले उनको पिडालाई निकै राहत प्रदान गर्दछ ४. घरको काममा सहयोग गर्नुहोस्महिनावारी भएको बेलामा श्रीमतीलाई घरको काममा मद्दत गर्नुहोस् । यसो गर्नाले उनको मानसिक तनावमा कमी आउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?