इराकको हाविजामा ४ सय भन्दा बढीको सामूहिक चिहान भेटियो

बग्दाद, २६ कात्तिक । इराकको हाविजा सहर नजिकै ४ सयभन्दा बढीको सामूहिक चिहान पत्ता लागेको छ । यो सहर गत महिनासम्म चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) को नियन्त्रणमा रहेको थियो किर्कुक प्रान्तका गर्भनर राकान सइदले सहर नजिकै एउटा एयरबेस भेटिएको पनि उल्लेख गरेका छन् यसरी मारिएकामध्ये केही सर्वसाधारणको जस्तो कपडा लगाएका र अन्य आईएसले हत्याका समयमा प्रयोग गर्ने गरेको सुन्तला रंगको कपडामा रहेको जनाइएको छ इराकी सैनिकले आईएस नियन्त्रित क्षेत्रमा यस्ता दर्जनौं सामूहिक चिहान फेला पारेको छ । गत वर्ष एपीले आईएस नियन्त्रित क्षेत्रमा ७२ भन्दा बढी यस्ता सामूहिक चिहान रहेको रिपोर्ट सार्वजनिक गरेको थियो जहाँ ५ हजार २ सय देखि १५ हजारसम्मलाई गाडिएको अनुमान गरिएको छ । इराकमा पछिल्लो समयमा आईएसविरुद्धको कारबाहीमा सफलता हात पार्दै गएको छ । अब सिरियासँग सीमा जोडिएको सानो क्षेत्रमा मात्रै आईएस समेटिएको बताइएको छ हाविजा सहर इराकको राजधानी बगदादबाट २ सय ४० किलोमिटर टाढा रहेको छ । जुन क्षेत्रलाई सन् २०१३ देखि नै आईएले नियन्त्रणमा लिएको थियो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?