मोबाइल फोनको टर्च बालेर सात लाख मानिसद्वारा बार्सिलोनामा प्रर्दशन

एजेन्सी । स्वतन्त्रताका पक्षधर क्याटलान नेताहरुलाई स्पेनले नियन्त्रणमा लिएको विरोधमा झण्डै सात लाख मानिसहरुले बार्सिलोनामा प्रदर्शन गरेको प्रहरीले जनाएको छ स्पेनले नियन्त्रणमा लिएका आठजना क्षेत्रीय मन्त्री र दुईजना लोकप्रिय अभियानकर्ताहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले साझकाृ समयमा मोबाइल फोनको टर्च बालेका थिए पक्राउ परेका केही नेताहरुको नाम आगामी महिना हुन लागेको चुनावका लागि एउटा पृथकतावादी पार्टीको सूचीमा समावेश हुने भएको छ धेरै प्रदर्शनकारीहरु साना शहर तथा गाउँहरुबाट आएका थिए जुन स्वतन्त्रता अभियानको पहुँचको संकेत भएको मानिएको छ । प्रदर्शनको तात्कालिक उद्देश्य देशद्रोह र विद्रोहको आरोपमा न्यायिक हिरासतमा लिइएका आठजना राजनीतिज्ञ तथा दुईजना अभियानकर्तालाई रिहा गराउनु रहेको छ प्रदर्शनकारीले नियन्त्रणमा रहेका नेताहरुलाई राजनीतिक बन्दी घोषणा गरिएका प्लेकार्डहरु समेत बोकेका थिए स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले आइतवार बार्सिलोनाको भ्रमण गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?