चुनावलगत्तै माओवादीसँग पार्टी एकता, वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने दाबी

क्षेत्रनम्बर ५ मा मेरो जित सुनिश्चित छ : ईश्वर पोखरेलकात्तिक २६, काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाण्डौ क्षेत्र नम्बर ५ मा आफूले सहजै विजयीहुने दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको चुनावविशेष साक्षात्कारमा बोल्दै पोखरेलले विगतमाकहिले जित र कहिले हार भएको बताउँदै यसपटक आफ्नो जित सुनिश्चितभएको बताए पोखरेलले विगतमा यस क्षेत्रकालागि महत्वपूर्ण योगदानदिएको स्मरण गराउँदै चुनावजित्नकुनै समस्या नभएको दाबी गरे पोखरेलले भने, “जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन । हार्दा पनि यहाँका जनताको साथमा रहेको छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु । म कहिँ कतै बाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्धन स्थापित गरेको छु ।यो पटक जित सुनिश्चत छ ।”पार्टी अध्यक्षले अरुकुनै अनुकूल ठाउँबाट चुनाव लड्ने प्रस्ताव गरे पनि अस्विकार गर्दै आफूले कामगर्दै आएको क्षेत्र छोड्न नचाहेको पोखरेलले प्रष्ट्याए एमाले–माओवादी बिचमा एकता हुने दाबी गर्दै पोखरेलले विचार मिलिसकेको बताए । विगतमा कार्यनीतिक बाटोमा मेल नभएको स्मरण गराउँदै अहिले दुई पार्टीबिचमा मुद्दाहरु मिलेको बताए । चुनावले गर्दाअहिले केही अलमल भएको मात्रै हो । अबतत्काल यो विषय अगाडि बढ्छ । चाँडै पार्टी एकता हुन्छ । पोखरेलले भने उद्देश्य मिलेकाले नै वाम गठबन्धन सम्भव भएको बताउँदै पोखरेलले अरु पक्षले पनि यस्तै एकता गर्नुपर्नेमा जोड दिए । एमाले–माओवादीबिचको एकताको विरोध गर्नु भन्दा कांग्रेसले पनि सिको गर्न सके राम्रो राजनीतिक संस्कारको सुरुवातहुने पोखरेलको भनाई छ आगामी चुनावपछिको सरकारका विषयमा पोखरेलले सल्लाह र समझदारीका आधारमा प्रधानमन्त्रीको रुपमा अघि सारिने बताए । चुनाव जितेर आउने र योग्य व्यक्तिलाई नै प्रधानमन्त्री बनाउने उनको भनाई छ “हामी अन्दाज गर्न सक्छौँ प्रधानमन्त्री । तर औपचारिक रुपमा कसैलाई पनि अघि सारेका छैनौं ।”चुनाल लगत्तै पार्टी एकता र सरकार गठन एकसाथ जाने पोखरेलको भनाई छ केपीशर्मा ओली नै प्रधानमन्त्री बन्न सक्ने कुरालाई स्विकार गर्दै पोखरेलले योग्य र सक्षम व्यक्ति नै अबको प्रधानमन्त्री हुने बताए केपी ओलीको सम्भावना कति छ भन्ने ऋषिधमलाको प्रश्नमा पोखरेलले भने, “सम्भावना छ । तर अहिले नै औपचारिक घोषणा गरेका छैनौँ ।”एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याएर स्वतन्त्रता हनन गर्ने आशंकागरिएको छ नि भन्ने पत्रकारको प्रश्नमा पोखरेलले कडा खण्डन गरेका छन् कम्युनिष्ट शासन आउँछ र जनताले रुन पनि पाउँदैनन भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाईलाई गम्भीरतापूर्वक लिन जरुरी नभएको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?