चुनावलगत्तै माओवादीसँग पार्टी एकता, वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने दाबी

क्षेत्रनम्बर ५ मा मेरो जित सुनिश्चित छ : ईश्वर पोखरेल कात्तिक २६, काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाण्डौ क्षेत्र नम्बर ५ मा आफूले सहजै विजयीहुने दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको चुनावविशेष साक्षात्कारमा बोल्दै पोखरेलले विगतमाकहिले जित र कहिले हार भएको बताउँदै यसपटक आफ्नो जित सुनिश्चितभएको बताए । पोखरेलले विगतमा यस क्षेत्रकालागि महत्वपूर्ण योगदानदिएको स्मरण गराउँदै चुनावजित्नकुनै समस्या नभएको दाबी गरे । पोखरेलले भने, “जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन । हार्दा पनि यहाँका जनताको साथमा रहेको छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु । म कहिँ कतै बाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्धन स्थापित गरेको छु ।यो पटक जित सुनिश्चत छ ।” पार्टी अध्यक्षले अरुकुनै अनुकूल ठाउँबाट चुनाव लड्ने प्रस्ताव गरे पनि अस्विकार गर्दै आफूले कामगर्दै आएको क्षेत्र छोड्न नचाहेको पोखरेलले प्रष्ट्याए । एमाले–माओवादी बिचमा एकता हुने दाबी गर्दै पोखरेलले विचार मिलिसकेको बताए । विगतमा कार्यनीतिक बाटोमा मेल नभएको स्मरण गराउँदै अहिले दुई पार्टीबिचमा मुद्दाहरु मिलेको बताए । चुनावले गर्दाअहिले केही अलमल भएको मात्रै हो । अबतत्काल यो विषय अगाडि बढ्छ । चाँडै पार्टी एकता हुन्छ । पोखरेलले भने । उद्देश्य मिलेकाले नै वाम गठबन्धन सम्भव भएको बताउँदै पोखरेलले अरु पक्षले पनि यस्तै एकता गर्नुपर्नेमा जोड दिए । एमाले–माओवादीबिचको एकताको विरोध गर्नु भन्दा कांग्रेसले पनि सिको गर्न सके राम्रो राजनीतिक संस्कारको सुरुवातहुने पोखरेलको भनाई छ । आगामी चुनावपछिको सरकारका विषयमा पोखरेलले सल्लाह र समझदारीका आधारमा प्रधानमन्त्रीको रुपमा अघि सारिने बताए । चुनाव जितेर आउने र योग्य व्यक्तिलाई नै प्रधानमन्त्री बनाउने उनको भनाई छ । “हामी अन्दाज गर्न सक्छौँ प्रधानमन्त्री । तर औपचारिक रुपमा कसैलाई पनि अघि सारेका छैनौं ।” चुनाल लगत्तै पार्टी एकता र सरकार गठन एकसाथ जाने पोखरेलको भनाई छ । केपीशर्मा ओली नै प्रधानमन्त्री बन्न सक्ने कुरालाई स्विकार गर्दै पोखरेलले योग्य र सक्षम व्यक्ति नै अबको प्रधानमन्त्री हुने बताए । केपी ओलीको सम्भावना कति छ भन्ने ऋषिधमलाको प्रश्नमा पोखरेलले भने, “सम्भावना छ । तर अहिले नै औपचारिक घोषणा गरेका छैनौँ ।” एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याएर स्वतन्त्रता हनन गर्ने आशंकागरिएको छ नि भन्ने पत्रकारको प्रश्नमा पोखरेलले कडा खण्डन गरेका छन् । कम्युनिष्ट शासन आउँछ र जनताले रुन पनि पाउँदैनन भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाईलाई गम्भीरतापूर्वक लिन जरुरी नभएको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?