सलमान र एश्वर्याको फिल्म आगामि वर्ष इदमा एकसाथ रिलिज हुँदै 

एजेन्सी । बलिउड बक्स अफिसमा चर्चित कलाकार सलमान खानको फिल्म रिलिजसँगै सकभर अरु कोहि निर्माताले आफ्नो फिल्म रिलिज गर्न हिचकिचाउँछ । किनकि धेरै हिट चलचित्र दर्शक सामु प्रस्तुत गरिसकेका सलमानसँग भिडन्त गर्न जो कोही डराउँछन् । तर, अब अर्को वर्षको ईदमा सलमानसँग भिड्न उनकी पूर्व प्रेमीका एवं अभिषेक बच्चनकी पत्नी ऐश्वर्या राय बच्चन तयार भएकी छिन् ऐश्वर्याको फिल्म ‘फन्ने खान’ अर्को वर्षको ईदमा आउने लगभग तय भइसकेको छ भने उता सलमानको फिल्म ‘रेस ३’ पनि उहि मितिमा रिलिज हुँदैछ । फिल्म ‘रेस ३’ को छायांकन सुरु भइसकेको छ, जसमा सलमानसहित ज्याकलीन फर्नान्डिस, डेजी शाह, पूजा हेगडे र बबी देओल मुख्य भूमिकामा रहेको छ । यो फिल्मलाई रेमो डिसूजाले निर्देशन गर्ने छन् ऐश्वर्या रायले केही समय अगाडि नै फिल्म ‘फन्ने खानु’को सुटिङको सुरुवात गरिसकेका छन् । यो फिल्मको निर्माता राकेश ओमप्रकाश मेहरा हुन् र फिल्मलाई अतुल मान्जरेकरले निर्देशन गरिरहेका छन् । यसमा ऐश्वर्याका अलावा अनिल कपूर र राजकुमार रावको मुख्य भूमिकामा रहेको छ । फिल्म ‘फन्ने खानु’का मेकर्सले यो फिल्मलाई अर्को वर्षको ईदमा प्रदर्शन गर्ने र फन्ने खानको कथा वस्तुनै यस्तो छ कि जुन इद बाहेक अरु बेला रिलिज गर्न उपयुक्त छैन बक्स अफिसमा धेरै फिल्मको भिडन्त परेको छ तर, सायद यो पहिलो चोटी नै होला सलमान र ऐश्वर्या राय बच्चनबीचको भिडन्तमा कसले बाजी मार्ला त्यो फिल्म रिलिज पछिको र्हेन बाकि नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?